काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १८.१५ अंकले घटेर १ हजार ९ सय १५ दशमलव १४ विन्दु कायम भएको हो ।
नेप्सेमा आज १ अर्ब ४१ कारेड ३१ लाख ७२ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । साथै, १७९ कम्पनीको सेयरमूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।