काठमाडौं, ९ चैत्र । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । बिहीबार सुन तोलामा १२ सय रुपैयाँले वृद्धि भएको हो ।
बुधबार प्रतितोला सुन २ हजार रुपैयाँले घटेको थियो भने आज हिजोको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।