चितवन, १८ पुष । अंग्रेजी नयाँ बर्षसगैँ चितवनको सौराहामा पर्यटकको संख्या बढेको छ ।
भुकम्प, नाकावन्दी, नारायाणगढ मुग्लिन सडकका कारण सुस्ताएको सौराहाको पर्यटन क्षेत्रमा अंग्रेजी नयाँ बर्षसगैँ बाह्य भन्दा आन्तरिक पर्यटकको संख्या बढेको हो । नयाँ बर्षमा सोचे भन्दा दोब्बर आन्तरिक पर्यटक आएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए।
पर्यटकको घुइचो लागेकोपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नयाँ बर्षको अवसरमा निकुञ्जमा दुई दिनमा २० हजार बढी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकल जानकारी दिए ।