काठमाडौं, १८ पुष । विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकीर्तिमानी परिषद नेपालले टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको जानकारी दियो । विश्वकीर्तिमानी परिषद् नेपालका अध्यक्ष दिपक बजगाईले कार्यक्रमको सबै प्राविधिक तयारी पुरा भएको जानकारी दिए ।
कार्यक्रममा हेलीकोप्टरबाट दृष्य खिच्ने, फोटो खिच्ने व्यवस्था गरीएको छ भने झण्डै एक हजार स्वंसेवक परिचालन गरीने छ । बौद्ध साहित्य, र संस्कृतिलाई विश्वमाझ पुर्याउने आयोजकको विश्वास छ ।




