एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपालले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपालले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौं । नेकपा(एमाले)को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै फेडेरेसनले नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ११ गते महाधिवेशनको उद्घाटन गर्नुहुने जानकारी गराएको छ ।

विदेशमा वैदेशिक रोजगारी, अध्ययन र व्यापार, व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको फेडरेसनले २०७८ साल पौष १६ गते चन्द्रबहादुर रोकायाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । हालसम्म ५ वटा प्रदेश समिति, ५४ वटा जिल्ला समिति र पालिकाहरुको अधिवेशन सम्पन्न भइसकेको फेडरेसनका उपमहासचिव जेपी सापकोटाले जानकारी दिनुभयो ।

उहाँले चैत्र १२ गतेका दिन नयाँ नेतृत्व चयन हुने जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);