माओवादी सांसद पौडेलको एमाललेलाई प्रश्न– राष्ट्रपतिमा राष्ट्रिय सहमती भन्दा तपाईहरु किन भाग्नुभयो ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

माओवादी सांसद पौडेलको एमाललेलाई प्रश्न– राष्ट्रपतिमा राष्ट्रिय सहमती भन्दा तपाईहरु किन भाग्नुभयो ?

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतीबाट भागेको आरोप लगाउनु भएको छ ।

जनमत सबै दललाई मिलेर जाने भएपनि एमाले सो सहमती विपरित अघि बढिरहेको उहाँको जिकीर थियो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत अनुसार राष्ट्रिय सहमतीको कुरा गर्दा एमाले किन भागेको भनि प्रश्न समेत गर्नु भयो । सांसद पौडेलले सहमतीको आधारमा मुलुकलाई अघि बढाउन संसदमा सबैभन्दा ठूलो पार्टी काँग्रेसलाईसँगै लिएर जाने प्रधानमन्त्री दाहालको प्रस्ताव स्वभाविक भएपनि एमालेले त्यसलाई लत्याएको बताउनु भयो ।

उहाँले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतीमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप लगाउनु भयो । त्यस अवसरमा उहाँले संसद विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरी आएपछि आफूहरुले सो पार्टीसँगको गठबन्धन छोडने अवस्था आएको पनि दोहो¥याउनु भयो । सांसद पौडेलले भन्नु भयो, ‘तर नेकपा (एमाले)सँग मेरो अनुरोध छ–नेपाली काँग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईहरुले धराहराबाट हेर्नु पर्छ कि सगरमाथाबाट हेर्नु पर्छ ? दोस्रो दललाई सहमती चाहियो । पहिलो दललाई समेत सहमती गरेर जाउँ भन्ने प्रधानमन्त्रीको कुरा गल्ती थियो ? इतिहासको कठघरामा उभिएर हामी जवाफ दिन तयार छौं । र, सहमती देशका उपस्थति कतिपय चुनौतिहरुलाई भविष्यमा अगाडि बढनका लागि खोजिनु नै हो । सहमती विगयतका विगतका कुराहरुको पुनरावृत्ति गरेर सहमतीको आवश्यक्ता थिएन, हुँदैन । इतिहासको सम्मान गर्ने हो । रक्षा गर्ने हो राम्रो इतिहासको । तर गल्ती भएका कुरालाई सच्याएर अघि बढने हो । हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई शक्ति सन्तुलनको सिद्धान्त अनुसार सन्तुलनमा राख्ने गरी अधिकार विनियोजन गरेको छ । त्यसै अनुरुप विगतमा दुई दुई पटक यो सम्मानित सदन विघटन भयो । कसका कारणले विघटन भयो ? कहाँ लेखिएको छ, कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नु हुन्छ ? हो, त्यही कुरा सर्वोच्च अदालतले करेक्सन ग¥यो । सच्याई दियो । गल्ती भयो भनेर । अनि साथीहरु, माननीयज्यूहरु यहाँ आएर भन्नु हुन्छ–मैले त बहादुरी गरेँ । मैले रामो गरेँ । त्यसका निम्ति लाहाछाप लगाउनुका लागि पछि बनेको निर्वाचनबाट आएको सदनले त्यही कुरालाई सदर गर्नका लागि यो प्रतिनिधिसभा पछि निर्वाचनबाट आएको हो र ? यो त अव आगामी काम गर्नका लागि होला नि । त्यसकारण मैले धेरै कुरा भन्न चाहन्न । यही कारणले परिस्थित अलि फरक भयो । र, पहिलो दल, दोस्रो दल, तेस्रो दल, चौंथो दल क्रमानुसारका दललाई सहमतीमा लिएर जाउ भन्ने अहिलेको जनमत हो । हामी लोकतन्त्रप्रति विश्वास गर्छौ भनेदेखि अहिलेको जनमतलाई हामीले कदर गर्नुपर्छ । कुनै दलले बहुमत ल्याएको भए बहुमत दल चाँही सरकारमा हुन्थ्यो । बहुमत ल्याउन नसकेकाहरु विपक्ष हुन्थ्यो । अहिले त मिलेर जाने भन्ने जनताको अभिमत हो नि । सबैले मिलेर जाने भन्ने हो नि । कहाँ कहाँ मिल्ने ? सरकार गठन गर्नका लागि मिल्ने, सहमती कायम गर्ने । राष्ट्रपति, उपराष्ट्रपति जस्तो सम्मानित पदमा दल भित्र तल झरालेर चाँही डिबेट नगरौ । यही प्रस्ताव गर्नु भएको होइन र ? सम्माननीय प्रधानमन्त्रीज्यूले । यही प्रस्ताव गरेको को न हो–राष्ट्रपतिजस्तो देशको प्रमुख पद, उपराष्ट्रपति जस्तो प्रमुख पदमा सहमती गरौं भन्दा यहाँ प्रधानमन्त्री भाग्नु भएको होइन । एमालेका साथीहरु किन भाग्नु भएको हो ? तपाईहरु आउनु पथ्यौं सहमती गर्नलाई । राम्रो हुन्थ्यो होला नि । सहमतीको आधारमा राष्ट्रपति, उपराष्ट्रपति चुन्न पाएको भएदेखि देश चाँही हामी सबैले मिले अगाडि बढथ्यो होला नि । त्यसकारणले मैले धेरै कुरा यहाँ राख्न चाहन्न । परिस्थिति फरक भएको हुँदाखेरी अहिले पनि सहमतीको आवश्यक्ता हो । जनताको जनमत यही छ त । जनताको अभिमतको आधारमा सहमती खोज्ने कुरा गलत हुन्छ र । र, हामी त्यही हिसावले अहिले जो सम्मानीय प्रधानमन्त्रीले विश्वासको मत माग्नु भएको छ । हामी विश्वासको मत माग्नु भएको छ । वेपत्ता तथा सत्य निरुपण तथा मेलमिलापको काम सहमती टुंग्याउनु छ । देशको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सहमती आवश्यक छ । त्यसका निम्ति प्रधानमन्त्रीले सहमतीको कुरा गर्नु भएको हो । यो प्रणालीनै बेठिक छ कि भन्ने चर्चा केही माननीयहरुले चर्चा चलाउनु भएको छ । तर जनताले ल्याएको यो प्रणालीको रक्षाका लाग राष्ट्रिय सहमती चाहिएको छ ।’

सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक संकटबाट जोगाउन पनि दलहरुबीच मिलेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);