अक्षय कुमारको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अक्षय कुमारको शव फेला

एजेन्सी, ६ चैत्र । ओडिशाका चर्चित डीजे अजेक्स उर्फ अक्षय कुमारको शव शनिबार साँझ भुवनेश्वरस्थित उनको घरमा भेटिएको थियो। उनको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ, जसको अनुसन्धान सुरु गरिएको छ । योसँगै परिवारले अक्षयकी प्रेमिकाले उनको हत्या गरेको आरोप लगाएका छन् । प्रेमिकाले केही दिनदेखि अक्षयलाई केही आपत्तिजनक तस्बिर र भिडियो देखाएर ब्ल्याकमेल गर्दै आएको परिवारका सदस्यले बताएको भारतीय समाचार एजेन्सी भाष्करले जनाएको छ ।

शनिबार साँझ शव फेला परेपछि अक्षयको शव भुवनेश्वरस्थित क्यापिटल अस्पतालमा पोष्टमार्टम गरिएको थियो । हाल पोष्टमार्टम रिपोर्ट खुल्न सकेको छैन । यस विषयमा महानगरीय खरवेलनगर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ओडिशाको एक स्थानीय च्यानललाई दिएको अन्तर्वार्तामा परिवारका एक सदस्यले शनिबार राति आँधीपछि बिजुली काटिएको बताए। घरमा अँध्यारो थियो र अक्षय कोठामा थिए । राति १० बजेतिर परिवारका सदस्यले अक्षयलाई फोन गर्दा कुनै प्रतिक्रिया आएन । शंकास्पद अवस्था देखेपछि परिवारका सदस्यले कोठाको ताला तोड्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

एक न्यूज पोर्टलसँगको कुराकानीमा अक्षयका काकाले अक्षय विगत केही दिनदेखि ब्ल्याकमेल गर्ने युवतीसँग सम्बन्धमा रहेको बताए । काका भोलानाथ मोहरानाले अक्षयको मृत्युमा युवती र उनको साथी जिम्मेवार रहेको बताएका छन् ।

एक साथीका अनुसार अक्षयकी प्रेमिकाले उनीसँग पैसा मागेकी थिइन् । उनीसँग केही आपत्तिजनक तस्बिर र भिडियोहरू थिए जसको माध्यमबाट उनले ब्ल्याकमेल गरिन्। उनले मानसिक रूपमा दुर्व्यवहार गरिरहेकी थिइन् । अक्षयको परिवारले विस्तृत अनुसन्धानको माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);