मन्त्री किराँतीले निफको समापन समारोहलाई सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मन्त्री किराँतीले निफको समापन समारोहलाई सम्बोधन गर्ने

काठमाडौं, ६ चैत्र । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजबाट समापन हुँदैछ । निफको समापन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्बोधन गर्नुहुनेछ ।

गत बिहीवारबाट हुरु भएको निफ आज समापन हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएका थिए । उक्त चलचित्रहरु चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन भएको थियो ।

ओपनिङ फिल्मको रुपमा केरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन भएको थियो । आज सात विधामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);