विराट कोहलीको बायोपिक बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

विराट कोहलीको बायोपिक बन्दै

एजेन्सी, ६ चैत्र । फिल्म आरआरआर को नाटु–नाटु गीतले ओस्कार २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको छ । यो जितपछि फिल्मको निर्माता तथा कलाकार खुशी छन् ।द यो जितपछि रामचरणलाई ग्लोबल आइकनका रूपमा हेरिएको छ । हालै उनले धेरै महत्वपूर्ण खुलासा गरेका छन् । उनले खेलकुदमा उत्कृष्ट फिल्म बनाउन चाहेको बताए । उनले विराट कोहलीको बायोपिक गर्ने मौका पाए भने अवश्य गर्नेछन् ।

इन्डिया टुडे कन्क्लेभमा रामचरणलाई सोधिएको थियो कि उनी आगामी दिनमा कस्ता फिल्महरू गर्न चाहन्छन्। यो प्रश्नको जवाफ दिँदै उनले खेलकुदसँग सम्बन्धित चलचित्र गर्न चाहेको बताए । उनको जवाफमा रिपोर्टरले सोधे कि के उनी विराट कोहलीको बायोपिकमा काम गर्न चाहन्छन् ?

यसमा रामचरणले तुरुन्तै जवाफ दिए र भने– ‘बिल्कुल, विराट कोहली एक प्रेरणा हुन्। यदि मलाई मौका मिल्यो भने म उनको बायोपिक अवश्य गर्नेछु । म पनि उनी जस्तै देखिन्छु।’ उनको भनाइपछि विराट कोहलीको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी नाटु–नाटु गीतको हुक स्टेप गरिरहेको देखिएका छन् । यो भिडियो भारत र अष्ट्रेलिया बिचको पहिलो इम्क्ष् खेलको हो ।

यस कन्क्लेभको क्रममा रामचरणले ओस्कर समारोहमा नृत्य नगरेकोमा आफ्नो मौनता तोडे। उनले भने कि उनी समारोहमा प्रदर्शन गर्न चाहन्छन्, तर ओस्कार समितिले यस बारे सम्पर्क गरेन। तर पनि कार्यक्रममा आफ्नो गीत प्रस्तुत भएकोमा उनी खुसी छन् ।

सो क्रममा रामचरणले नाटु–नाटु गाउने अभ्यासको बारेमा पनि बताए । यो गीत छायांकन गर्न १२ दिन लागेको उनले बताए । उनले लगातार ७ दिन यो गीतको अभ्यास गरे । जसका कारण उनको घुँडा दुख्न थाल्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);