काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी तथा पहिरोका कारण कम्तिमा दुई सय ६ जनाको मृत्यु भएको छ ।
बाढी तथा पहिरोमा परि दुई सय २२ जना भन्दा धेरै बेपत्ता भएका छन् भने दुई सय दुई जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ । राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको छ । राष्ट्रपति सान्तोसले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेका छन् । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी घटिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।