काठमाडौँ, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज पार्टी कार्यालय बसुन्धरामा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने लगायतका विषयमा छलफल भएको थियो ।
रास्वपाका प्रतिनिधि सभामा १९ सांसद छन् । गृहमन्त्रालय पाएको रास्वपाले अध्यक्ष रवि लामिछानेको नागरिकता विवादै कारण गुमाउन परेको थियो । प्रधानमन्त्री प्रचण्डले भोलि दोस्रोपटक विश्वासको मत लिन लागेका छन् ।