इक्वेडरमा शक्तिशाली भुकम्प,१२ जनाको मृत्यु, कयौं भग्नावशेषमा पुरीएको आशंका | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

इक्वेडरमा शक्तिशाली भुकम्प,१२ जनाको मृत्यु, कयौं भग्नावशेषमा पुरीएको आशंका

एजेन्सी, ५ चैत्र । दक्षिण अमेरिकी देश इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ । ६.८ रेक्टर स्केलको भुकम्पमा परेर १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको सबैभन्दा बढी प्रभाव ग्वायासमा परेको छ । यो तटीय क्षेत्र हो । भूकम्पको केन्द्रविन्दु ग्वायासबाट ८० किलोमिटर टाढा रहेको ग्वायाकिल सहरमा थियो ।

रिपोर्टका अनुसार भवनहरुमा नराम्ररी क्षति पुगेको छ । धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ । भूकम्प यति शक्तिशाली थियो कि छिमेकी देश पेरुमा पनि यसको धक्का महसुस गरिएको थियो ।

धेरै घर ध्वस्त भए । समाचार एजेन्सी एपीका अनुसार इक्वेडरमा १२ जनाको मृत्यु भएको छ । पेरुमा १ जनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा भूकम्पपछिका धेरै तस्विर र भिडियोहरु मानिसहरुले शेयर गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);