महानगरले पार्किङ घटाएपछि सुनसान भयो दरबारमार्ग, व्यापारी भन्छन्– ६० प्रतिशत व्यापार घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महानगरले पार्किङ घटाएपछि सुनसान भयो दरबारमार्ग, व्यापारी भन्छन्– ६० प्रतिशत व्यापार घट्यो

काठमाडौं । दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताउनुभएको छ ।
पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबार मार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताउनु भयो । उहाँले महानगरपालिकाले दिएको विकल्प उपयुक्त नभएको बताउनु भयो । उहाँले बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुने बताउनु भयो । उहाँले सञ्चार माध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प नदेखेको दाबी गर्नुभयो । कक्षपतीले दरबारमार्गको पार्किङको विकल्पहरु निजी क्षेत्रको भएकाले समस्या समाधान हुन नसक्ने बताउनु भयो ।

प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग सुनसान
संघीय राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ । दरबार मार्ग सुनसान हुनु विगत लामो समय अघिदेखि सडकको एक लेनमा सवारी पार्किङ हटाउनु प्रमुख कारण देखिएको छ । भिभिआइपी, भिआइपी’ देखि सर्वसाधारणको केन्द्र हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले जे गरिरहेका छन्, त्यो राम्रैका लागि राम्रै सोचेर गरेका होलान् । तर, दरबारमार्गको पार्किङको विषयमा उहाँले राम्रोसँग बुझ्नुभएन जस्तो लागेको छ । जसले उहाँलाई यो ठाउँबारे बुझाउनुपर्ने हो, त्यसमा उल्टो बुझााएको निस्कर्ष हाम्रो हो । दरबारमल, अन्नपूर्ण होटलमा पार्किङको वैकल्पिक व्यवस्था गरेको छ भनेरमात्र पर्याप्त हुँदैन । दरबामार्गको व्यापारका लागि त्यति ठाउँको पार्किङले पुग्दैन । अहिले यहाँको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ हो । यसमा महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्छ । अन्न्पूर्ण होटलले स्विमिङ पुल भाडामा दिएर सञ्चालनमा ल्याइसकेको अवस्थामा त्यहाँको पार्किङ बाहिरका लागि सम्भावना नै हुँदैन । यस्तो बेलामा महानगरले वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन । अहिले ग्राहकको दरबारमार्गप्रतिको धारणा नै नकरात्मक भइसकेको छ । कसैले दरबारमार्गमा जाउ वा आऊँ भने त्यहाँ पार्किङ छैन भनेर अन्य ठाउँ जाने निधो गर्न थालिसकेका छन् । अर्थात, दरबारमार्ग आउने ग्राहकको गन्तव्य नै परिवर्तन हुन थालेको छ । जसका कारण यहाँको व्यापार–व्यवसाय सुस्ताएको छ ।

महानगरले मौखिक वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन
पार्किङको लागि दरबार मार्गका व्यवसायीहरुलाई छ । काठमाडौं महानगरपालिकाले पार्किङ हटाएदेखि अहिलेसम्म कुनैपनि विकल्प दिएको छै्रन । दरबारमार्ग विकास बोर्डले बारम्बार पत्राचार गरेको छ । मेयरसँग भेट गरेर छलफल गर्न समेत समय दिनुभएको छैन । भेट नदिएपनि पत्राचार गरेर दरबारमार्गको पार्किङको लागि विकल्प यो छ भनेर भन्नुपर्छ । अथवा दरबारमार्ग विकास बोर्डलाई बोलाएर तपाईहरुको मागलाई यसरी समाधान गर्छौं भनिएको भए समस्या समाधान हुने थियो । सञ्चारमाध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प देखेका छैनौं । कहाँ छ विकल्प दिनुभएको छैन । दरबार मार्गको पार्किङको विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्ड पार्किङ छ भनेर हुन्छ । त्यो कसैको निजी हो । कसैको निजीमा पार्किङ गर्ने अधिकार हुँदैन । दरबार मार्गको पार्किङको विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड होइन । त्यो दीर्घकालिन विकल्प पनि होइन । काठमाडौंमा मेयरलाई विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्ड पार्किङ गर भन्ने अधिकार छैन । मेयरको अधिकार प्रयोग गरेर विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्डमा दरबारमार्गमा जाने मानिसहरुले सार्वजनिक रुपमा पार्किङ गर्न पाउँछ भनेर पत्राचार गरेको भए व्यवसायी ढुक्क हुने थियौं । मौखिकको भरमा विकल्प दिएर हुँदैन ।

दरबार मार्ग व्यापारीक मात्रै नभइ सामाजिक केन्द्र हो
काठमाडौं महानगरपालिका मेयरले कुनै पनि समस्या नभएको स्थानमा आएर पार्किङ हटाएर समस्या सिर्जना गर्नु राम्रो भएको छैन । दरबारमार्गको सडकमा पाँच वटा लेन रहेको छ । एकातिरबाट आउने दुई र अर्कोतर्फ ३ लेनको सडक रहेको छ । तीन लेन भएको ठाउँमा दुई लेन सवारी साधान गुड्ने र एक लेन पार्किङको लागि दरबारमार्ग विकास बोर्डले १२ वर्ष पहिले नै महानगरपालिकासँग नै बसेर पार्किङको व्यवस्था गरेको हो । पछिल्लो ३० वर्षमा दरबार मार्गको सडकमा ट्राफिकको कुनै समस्या भएको छैन । तर मेयरलाई अकस्मात दरबारमार्गको पार्किङले के समस्या भयो व्यवसायीहरुले बुझ्न सकेका छैनौं । महानगरको निर्णय प्रविधिक रुपमा पनि राम्रो हो जस्तो लाग्दैन । दरबार मार्ग विकास बोर्डको कुनैपनि माग छैन । विगतमा एक लेनमा गर्दै आएको पार्किङ व्यवस्था निरन्तरता होस् भन्ने हो । दरबार मार्ग पसलहरु मात्रै होइन । यहाँको आफ्नै एतिहास रहेको छ । दरबार मार्ग १९६१ मा बनेको संरचना रहेको छ । दरबार मार्ग सामाजिक केन्द्र हो । दरबार मार्गमा पसलमा सामान खरिद गर्न मात्रै नभएर मनोरञ्जन,पर्यटक गन्तव्य, काठमाडौंको राम्रो डाउनटाउन भनेकै दरबार मार्ग हो । दरबार मार्गलाई सरकारले प्राथमिकता दिनुपर्छ । दरबार मार्ग पसलहरुको केन्द्र मात्रै नभएर एतिहास बोकेको सामाजिक केन्द्र हो ।

६० प्रतिशत व्यापार घट्यो
महानगरले पार्किङ नहटाउँदा पनि दरबार मार्गमा सवारी, मानिसहरुको जमघट भइरहेकै थियो । व्यवसाय पनि राम्रोसँग चलिरहेको थियो । महानगर पालिकाका मेयरले शान्त भएको तालमा ढुङ्गाले हान्ने काम गर्नुभयो । महानगरले दरबार मार्ग विकास बोर्डसँग समन्वय गरेर दरबार मार्गलाई कसरी राम्रो बनाउने भनेर समन्वय गरेको भए सुनमा सुगन्ध हुने थियो । तर महानगरले उल्टो काम गरेको छ । भइरहेको संरचनालाई बिथोलेर व्यवसायीहरुलाई मारमा बनायो । त्यसले दरबार मार्गमा सामाजिक,आर्थिक प्रभाव भयो । अहिले दरबार मार्ग जानेहरुले पार्किङ नै छैन भनेर जाने सोच बन्द गरेका छन् । आर्थिक प्रभाव परेको छ । सयौं पसलहरु छ । पार्किङ हटाएदेखि ६० प्रतिशत व्यापार कमी आएको छ । दरबार मार्गका व्यवसायीहरुले अब दुई पटक सोच्न बाध्य भएका छन् । व्यवसायीहरुले घरभाडा,कर्मचारीको तलब लगायत दिन समेत समस्या आएको छ । यसले व्यवसायीलाई मार पार्ने मात्रै नभएर सरकारलाई समेत प्रभाव परेको छ । सरकारको राजश्वमा समेत प्रभाव प¥यो । महानगरले दरबार मार्गको पार्किङ हटाउँदा कति प्रभाव परेको छ भन्ने कुरा मेयरले थाहा नपाउनु दुःखको कुरा हो ।

राज्यले नागरिकहरुलाई दिने सुविधा मध्ये एक हो पार्किङ
पार्किङ राज्यले नागरिकहरुलाई दिने सुविधा मध्ये एक हो । विश्वका जुनसुकै देशमा नागरिकलाई त्यस्तो खालको सुविधा दिएको छ । दरबार मार्गमा पार्किङको सुविधा व्यवसायीलाई नभएर नागरिकको लागि आवश्यकता हो । दरबार मार्गका व्यवसायीको आवश्यकता हो भन्ने भ्रम पर्नु हुँदैन । पार्किङ सुविधालाई नागरिकले पाउनुपर्ने सुविधाको रुपमा हेर्नुपर्छ । दरबार मार्गका व्यवसायीहरुलाई सडकमा पार्किङ आवश्यकता भयो भन्ने लागेको भए त्यो गलत हो । त्यो सुविधा हुनुपर्ने शहरको स्थान दरबार मार्ग पनि एक हो । विगत लामो समयदेखि दरबार मार्गका त्यही अनुसारको योजना बनाएर काम भइरहेको थियो । काठमाडांैंको चार लेन सडकको मापदण्ड भित्र बसेर माग गरिरहेका हौं । सडक दुई वा चार लेन भएको भए दरबार मार्गमा पार्किङको माग राख्ने थिएनौं । महानगरले पार्किङ हटाए पनि के भयो । त्यो ठाउँ खालि रहेको छ । अहिले दरबार मार्ग मरुभूमि जस्तै भएको छ । दरबार मार्गको पहिलाको माहोल जुन थियो । जुन संरचना थियो त्यसको महानगरले हत्या ग¥यो । दरबार मार्गमा ठूला अण्डरग्राउण्ड गर्ने ठूला घरहरु धेरै छैनन् । चार आनामा बनेका घरमा कसरी अण्डरग्राउण्ड पार्किङ कसरी बनाउने , मेयरलाई दरबार मार्गको अवस्था नै थाहा पाउनुभएको छैन । उहाँलाई दरबार मार्गको संरचना र अवस्थाको विषयमा थाहा नै छैन । उहाँल कसैले भनेको भरमा निर्णय गरिदिनु भयो । विडम्बनाको कुरा यहाँ छ । दरबारमार्गको सडक पार्किङ व्यवसायीको मात्रै माग होइन । व्यवसायीहरु संग्लन भएका छन् । यहाँ पार्किङको सुविधा हुनु नागरिकको माग हो । महानगरले दरबार मार्गमा कुनै पार्किङको विकल्प दिए व्यवसायी खुशी छौं । अहिले भइरहेको पार्किङ भन्दा बढी क्षेत्रमा पार्किङ गर्ने व्यवस्था गरे व्यवसायीहरु खुशी हुन्छौं ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);