एजेन्सी । ग्याङ्स्टर लरेन्स बिश्नोईले जेलमा बस्दा सलमान खानलाई धम्की दिएका छन् । एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा उनले सलमानले बिश्नोई समुदायसँग माफी नमाग्ने हो भने नतिजा भोग्न तयार रहन समेत चेतावनी दिएका हुन् ।
सिद्धु मुसेवाला हत्या प्रकरणमा संलग्न अपराधी लरेन्स बिश्नोईले सलमानले कालो हरिणको शिकार गरेर आफ्नो बिश्नोई समुदायको अपमान गरेको बताएका छन् । सलमानविरुद्ध मुद्दा पनि दर्ता भएको थियो तर उनले यस घटनामा माफी मागेनन् ।
लरेन्स बिश्नोई एक खतरनाक अपराधीको रूपमा चिनिन्छन्। पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा उनको हात रहेको बताइएको छ । दिउँसो मुसेवालाको हत्यापछि सलमान खानलाई पनि कालो हरिण शिकारको मुद्दामा धम्की दिएकाले सलमान खानमाथि पनि यस्तै हमला हुनसक्ने आशंका गरिएको थियो ।
एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा उनले सलमानविरुद्ध फेरी आलोचना गरेका छन् । उनी भन्छन्, ‘चार–पाँच वर्षको हुँदा सलमानले बिश्नोई समुदायले पुज्ने कालो हरिणलाई शिकार गर्ने क्रममा मारेका थिए ।’
लरेन्स बिश्नोईले थप अगाडी भने, ‘सलमान खानले हाम्रो समाजलाई निराश बनाएका छन् । उनीहरुको अहंकार तोड्नेछौं । हाम्रो समाजमा जनावर र वनस्पतिको पनि पूजा गरिन्छ । हामी चाहन्छौं कि सलमानले हाम्रो समाजको अगाडि आएर माफी माग्नुपर्छ। राजस्थानमा सलमानले हाम्रो समाजको मन्दिर जम्भेश्वर जीको अगाडि आएर माफी माग्नुपर्छ, समाजका मानिसहरूले माफ गरे भने मलाई कुनै समस्या छैन ।’