काठमाडौं, ३० फागुन । सुदूरपश्चिम प्रदेश सरकार दुई जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।
गत फागुन २८ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक विदा दिएको हो ।
२०७९ को बिदासम्बन्धी सूचनामा खखडेहरा पर्वमा चैत १ मा बिदा दिने कायम रहेकोमा उक्त सूचना सच्याउँदै फागुन ३० मा बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।