राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ३० फागुन । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ः३० बजे समितिको सभाकक्षमा बस्नेछ ।

आजको बैठकमा आगामी आ.व. २०८०/८१ को बजेट तर्जुमाका सन्दर्भमा वित्तिय हस्तान्तरण, राजश्व बाँडफाँट लगायत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका सिफारिस र कार्यान्वयनको अवस्था, संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको वित्तिय संघीयता सम्बन्धी सिफारिसको कार्यान्वयन अवस्था, आ.व. २०८०/८१ को बजेटको प्राथामिकता, वित्तीय हस्तान्तरण, राजश्व परिचालन र खर्चको अनुमान, चालु आ.व.को राजश्व परिचालन तथा खर्चको अवस्थाका बारेमा छलफल हुनेछ ।

छलफलका लागि अर्थसचिव, राष्ट्रिय योजना आयोगका सचिव र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);