काठमाडां, ३० फागुन । वीर अस्पतालका पाँच जना नर्सलाई सेवाबाट हटाइएको छ । पाँचौ तहमा कार्यरत शुसीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई अस्पतालले सेवाबाट हटाएको हो ।
ती पाँच जना नर्सले अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना सार्वजनिक गर्दा समेत सम्पर्कमा नआएपछि उनीहरुलाई हटाएको अस्पताल प्रशासनले जनाएको छ ।
उनीहरु गत २०७४,२०७५,२०७६ सालदेखि कुनै जानकारी नगराई अस्पतलाबाट सम्पर्क विहिन भएका थिए ।