काठमाडौं, ३ पुस । वीर अस्पतालका केही कमर्चारी लामो समयदेखि काम गर्न आएका छैनन् ।
कर्मचारीहरु काममा नफर्किएपछि अस्पतालले १२ जनालाई ३० दिनभित्र हाजिर हुन आउन आग्रह गरेको छ ।
बिदा स्वीकृत नगराई बिना जानकारी काममा नआउनेमा एक डाक्टर, ९ जना स्टाफ नर्स र २ जना अनमी रहेको अस्पताल प्रशसानले जनाएको छ ।
अस्पताल प्रशासनले आफ्ना कर्मचारीहरु साथीहरुमार्फत खोज्दा समेत सम्पर्कमा नआएपछि बाध्य भएर सूूचना निकालेको जनाएको छ ।




