एजेन्सी । ३० फागुन । इरान सरकारले हिजाब लगाएका र सरकार विरोधी प्रदर्शनमा भाग लिएका २२ हजार अभियुक्तलाई रिहा गर्ने निर्णय गरेको छ । न्यायपालिका प्रमुखको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– विगतमा पक्राउ परेकाहरुलाई रिहा गर्ने निर्णय भएको छ ।
यी व्यक्तिहरूलाई कहिले रिहा गर्ने भन्ने अझै स्पष्ट छैन । यसको कारण आधिकारिक विज्ञप्तिमा माफी शब्द प्रयोग गरिएको थियो, जबकि आधिकारिक समाचार एजेन्सीले माफी र रिलिजको कुरा गरेको थियो।
तर, सरकारको यो निर्णयलाई विपक्षीहरुले झुट फैलाउने षडयन्त्र भनेका छन् । एम्नेस्टी इन्टरनेशनलको इरान च्याप्टरको पर्यवेक्षण गर्ने गिसोउ नियाले भनिन् ‘कट्टरपन्थी सरकारले झूट फैलाएर विश्वलाई धोका दिने षड्यन्त्र गरिरहेको छ ।’
हिजाबविरुद्धको विरोध प्रदर्शन सेप्टेम्बर १६ मा सुरु भएको हो । एक तथ्यांक अनुसार अहिलेसम्म ५१७ जनाको मृत्यु भइसकेको छ । अधिकांश बालबालिका र महिला छन् । सरकारले ११७ जनाको मात्रै ज्यान गएको स्वीकार गरेको छ । प्रहरीको यातनाका कारण अधिकांशको मृत्यु भएको छ ।
सरकारको सबै प्रयासका बाबजुद आन्दोलन जारी छ । विश्वमा बढ्दो विरोध, आर्थिक संकट र बालिकालाई विष खुवाएको खुलासा भएपछि सरकारमाथि दबाब बढेको मानिन्छ । इरानका सबैभन्दा ठूला धार्मिक नेता अयातोल्लाह अली खामेनीले भर्खरै एक ¥यालीमा भनेका थिए,‘पक्राउ परेका सबैलाई आममाफी दिएर रिहा गरिनेछ। यसबाहेक बालिकालाई विष खुवाउनेलाई कडा सजाय दिइनेछ ।’
एक तथ्यांक अनुसार सरकार विरोधी र हिजाब विरोधी प्रदर्शनमा जम्मा ८२ हजार ६५६ जना पक्राउ परेका छन् । तीमध्ये २२ हजार मात्रै रिलिज गर्ने निर्णय भएको थियो । विपक्षीहरुले आममाफीको घोषणालाई झुटो भनेका छन् । एम्नेस्टी इन्टरनेसनलको इरान च्याप्टरको पर्यवेक्षण गर्ने गिसोउ नियाले भनिन्,‘सरकारले के गर्न लागेको छ भन्ने हामीलाई थाहा छ । कुनै पनि सरकार वा हिजाब विरोधी प्रदर्शनकारीलाई रिहा गरिने छैन। वर्षौंदेखि जेलमा रहेका वृद्ध वा बिरामीलाई मात्रै रिहा गरिने र यो काम हरेक वर्ष राष्ट्रिय दिवसमा गरिन्छ । यसमा नयाँ के छ ?’