काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीले सरकारले नेपाल मै विमान चालक, प्रशिक्षक र प्राविधिक स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्ने बताउनुभएको छ ।
आज राष्ट्रिय आविष्कार केन्द्रमा पुग्नुभएका मन्त्री किरातीले बिज्ञान र बैज्ञानिकको बारेमा धेरै महत्वपूर्ण छलफल भएको बताउनुभएको छ ।
साथै, उहाँले नेपाल मै विमान चालक, प्रशिक्षक र प्राविधिक स्कुल, स्थापना गर्न तत्काल प्रकृया थाल्न सहमत भएको समेत जानकारी दिनुभयो ।