पीपुवा न्यु गिनीमाथि नेपालको ९ विकेटको शानदार जीत | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

पीपुवा न्यु गिनीमाथि नेपालको ९ विकेटको शानदार जीत

काठमाडौं, २९ फागुन । सन्दीप लामिछाने बलिङमा चम्किदा नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध शानदार जीत निकालेको छ । नेपालले पिएनजीविरुद्ध ९ विकेटको जीत निकालेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीलाई ९५ रनमै अलआउट गरिदियो । आजको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन खर्चेर पाँच विकेट लिएका हुन् । ललित राजवंशीले २, कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालले ७.४ ओभरमै ९६ रनको लक्ष्य पूरा गर्न सक्यो । नेपालका लागि आशिफ शेख २१ बलमै ५३ रन बनाए ।

अब नेपालले अन्तिम खेल युएइविरुद्ध खेल्नेछ । यसमा जीत निकालेमा नेपाल आईसीसी विश्वकप लिग २ को तेस्रो स्थानमा उक्लनेछ ।

Leave a Reply