उपराष्ट्रपतिको उम्मेदवारी निष्क्रिय बनाउने प्रमिला यादवको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

उपराष्ट्रपतिको उम्मेदवारी निष्क्रिय बनाउने प्रमिला यादवको घोषणा

काठमाडौं, २९ फागुन । उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टीकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले आफ्नै पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छिन् ।

उम्मेदवारी फिर्ता लिने समय आइतबारलाई तोकिएको भएपनि उनले उम्मेदवारी फिर्ता लिएकी थिइनन् । मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता यादव नै उप–राष्ट्रपति योग्य र सक्षम उम्मेदवार भएको विज्ञप्तीमा उल्लेख गरेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);