नागरिकताविधेयक–२०७९ तत्काल प्रमाणीकरण गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

नागरिकताविधेयक–२०७९ तत्काल प्रमाणीकरण गर्न माग

काठमाडौं, २८ फागुन । नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकताविधेयक–२०७९ तत्काल प्रमाणीकरणका लागि सरकारको ध्यानकार्षण गराएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर संघर्ष समितिले पत्रकार सम्मेलन गरी नागरिकताविधेयक–२०७९ प्रमाणीकरणका लागिनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकार्षण गराएको हो ।

जन्मको आधारमा नागरिकतापाएका नेपाली आमा बाबुका करिब ११ लाख सन्तानहरु नागरिकताबाट बञ्चित हुनु परेको संघर्ष समितिको भनाई छ । आमाबाबु नेपाली नागरिक भएर पनि कानुन अभावको कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको संघर्ष समितिको बुझाई छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई÷दुई पटक नागरिकता विधेयक फिर्ता पठाएको भन्दै संघर्ष समितिले विज्ञप्तिमा भनेको छ–‘प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई÷दुईपटक बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाई सकेको विधेयक निष्क्रिय हुन्छ भनेर २०७२ को संविधानकुनै धारा उपधाराले भन्दैन । तसर्थ हाम्रो देश नेपालकाभावी राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेल ज्युलाई नागरिकता विद्येयक २०७९ लाई प्रमाणीकरण गरी लाखौं वास्तविक नेपाली नागरिकको जीवन उज्वलबनाई दिनका लागि हार्दिक अनुरोध गर्दछौं ।’

नागरिकताविहिन सङ्घर्ष समिति नेपालकाअध्यक्ष ईन्द्रजित साफीले नेपालको संविधान २०७२ जारी भएको झण्डै आठ वर्ष हुँदापनिनागरिकता सम्बन्धीविवाद टुंगोमानपुग्नु दुःखद् भएको बताए । राष्ट्रपति भण्डारीले दुईपटक फिर्ता गरेको सोहीनागरिताविधेक प्रमाणीकरणका लागिउनले नवनिर्वाचित राष्ट्रपति पौडेललाई आग्रह गरे ।

‘२०७२ को संविधान झण्डै आठ वर्ष हुनलाग्यो । यो संविधानमा अहिले सम्म नागरिकता सम्बन्धी व्यवस्था संशोधन नभएको कारणले गर्दा, २०६३ को नागरिकता ऐन संशोधन नभएको कारणले गर्दा यो देशमा लाखौं जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाका सन्तान अहिलेसम्म नागरिकता पाएको छैन,’– उनले भने ।

नेपालमा विदेशीलाई नागरिकता पाउन सजिलो र वास्तविक नेपालीले नागरिकता पाउन गाह्रो भएको उनले बताए । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित गरेर राष्ट्रपति कहाँ पठाएको नागरिकताविधेयक पारित नगर्नु संविधानविपरित भएको संघर्ष समितिको बुझाई छ । संविधनको रक्षकले नै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित गरेको विधेयकदुई–दुई पटक फिर्ता हुनु आपत्तिजनकभएको संघर्ष समितिले बताएको छ ।

नागरिकताविधेयक राष्ट्रघाती छ र उक्तविधेयक प्रमाणीकरण भएमा नेपालसिक्किमीकरण हुने भन्दै गलतप्रचारप्रसार भएको संघर्ष समितिले बताएको छ । जन्मको आधारमानागरिकतापाएका नेपालीआमाबाबुका सन्तानलाई सरकारले अनागरिक बनाएको साफीले बताए ।

‘यही काठमाडौंको कुनै होटलमा बस्नुपर्यो भनेपनिनागरिकता चाहिन्छ । यतिकुरा सरकारले प्रष्ट पारिदिनुपर्यो जसको बाबुआमा नेपालीनागरिक छ उसको सन्तानलाई चाहिँअनागरिक बनाएर हुन्छ । हुँदैन नि त । हाम्रो मागयहीछ ।जसको बाबुआमा नेपाली छन् उसलाई छिटोभन्दा छिटो नागरिकतादिइनु पर्छ र नागरिकताको समस्या समाधानगरिनुपर्छ,’– उनले भने ।

नागरिकतानभएकै कारण आफूले उच्चशिक्षाहासिलगर्ने अवसर नपाएको, जागिरबाट बञ्चितहुनुपरेको उनले बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);