गोकुल बास्कोटाको टिप्पणी– माओवादी आन्दोलन कुनै क्रान्ति होइन् संगठित हिंसा र आतंक हो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गोकुल बास्कोटाको टिप्पणी– माओवादी आन्दोलन कुनै क्रान्ति होइन् संगठित हिंसा र आतंक हो

काठमाडौं । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले संक्रमणकालिन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुनु नहुने बताउनु भएको छ ।

सरकारले ऐन ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने चेतावनी दिनुभयो । उहाँले मानव अधिकारका अन्तर्राष्ट्रिय मापनहरुका आधारमा सो विषय अगाडी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एकदम प्रष्ट छ यसमा । सत्ताको, शक्तिको वा द्वन्द्दवरत पक्षहरुको व्यक्तिगत खुशियालीमा, नाफा वा घाटामा लाखौँ मान्छेहरुको मानवअधिकारसँग जोडिएको प्रश्न व्यक्तिगत लेखाजोखा र स्वार्थको विषय होइन । यो हाम्रो नेपालले पक्ष राष्ट्र भएर अन्तर्राष्ट्रिय रुपमा गरेको मानव अधिकारका सन्धि, अभिसन्धि, महासन्धि, नेपालको संविधान र शान्ति सम्झौताले पनि निरुपण गरेका कुराहरु यसमा पर्छन् । छ महिनामा सिध्याउने भनेको कुरा १६ वर्षसम्म नसिध्याएपछि अनि मुद्दा धाउँदा धाउँदै परलोक हुने त मान्छेहरुले । ऐन ल्याएर समितिमा छलफल नगर्ने हुलमुलमा पास गरेर त बडा जटिल अवस्थाको सिर्जना हुनसक्छ । यसको स्याण्डर्ड मानव अधिकारका अन्तर्राष्ट्रिय मापनहरुका आधारमा र नागरिकले पाउने, निहत्था मान्छेहरुले, निर्दोष मान्छेहरुले पाउने न्याय मर्न सक्दैन ।’

नेता बाँस्कोटाले माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक भएको बताउनु भयो । उहाँले माओवादीहरुले भन्ने गरेको जनयुद्धलाई राजनीतिक खोलभित्र देखिएको सामाजिक फाँसिवाद भनि टिप्पणी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);