श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगालागी, आकस्मिक अवतरण | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगालागी, आकस्मिक अवतरण

काठमाडौं, २५ फागुन । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि काठमाडौं नै आकस्मिक अवतरण गराइएको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्काइएको विमानस्थलले जनाएको छ ।

विमान त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गराइएको हो । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

विमानका क्याप्टेन भरत सिंह थापा थिए । काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएको विमानस्थले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);