वरिष्ठउपाध्यक्ष शेखर गोल्छाले आर्थिक सम्वृद्धिकाबनाउनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

वरिष्ठउपाध्यक्ष शेखर गोल्छाले आर्थिक सम्वृद्धिकाबनाउनुपर्नेमा जोड

udyog banijya

काठमाडौं, १६ पुस ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठउपाध्यक्ष शेखर गोल्छाले आर्थिक सम्वृद्धिका  उपाध्यक्ष शेखर गोल्छाले आर्थिक सम्वृद्धिकाबनाउनुपर्नेमा जोड दिनुभएको छ । संक्रमणकालको अन्त्य भईसकेकाले अब लगानीको उपयुक्त समय आएको भन्दै उहाँले उद्योगमैत्री र लगानीमैत्री नीतिमार्फत उद्योगको संख्या बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

शनिबार राजधानीमा आयोजित नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको रजत महोत्सवलाई सम्बोधन गर्दै उहाँले भविष्य हेर्दै विदेशीने युवालाई स्वदेशमै अवसर, रोजगारी र भविष्य छ भन्नेमा विश्वस्त दिलाउनुपर्ने बताउनुभयो । अन्य मुलुकमाथिको परनिर्भरता हटाउन विषयगत उद्योगको स्थापना जरुरी रहेकाले उद्योगमैत्री नीति निर्माणका लागि सबैले सरकारलाई सुझाव दिनुपर्ने उहाँको भनाइ छ ।

२०४७ सालमा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले ‘देशमा कुनैपनि व्यक्ति शिक्षाबाट बन्चित नहुन्, स्वदेशी उद्योगलाई प्रोत्साहन गरौ’ भन्ने नारा सहित २०७४ लाई रजत बर्षको रुपमा मनाएको छ ।