डडेल्धुरा,१६पुस । दलित तथा विपन्न वर्गलाई लक्षित गर्दै डडेल्धुरामा जनता आवास कार्यक्रमअन्र्तगत घर निर्माण सुरु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका र परशुराम नगरपालिकाका अतिविपन्न दलित परिवारलाई लक्षित गरी घर निर्माण थालिएको हो । जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले यसै आर्थिक वर्षभित्र डडेल्धुरामा एक सय ७३ वटा घर बनाउनेछ ।
सरकारले दुई कोठे भान्सासहितको घर बनाइदिने भएपछि डडेल्धुराका अतिविपन्न दलित परिवार पनि दंग परेका छन् ।
जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि सरकारले समूह बनाएर प्रतिपरिवार तीन लाख ३५ हजार रुपैयाँ अनुदान दिनेछ ।