विमानस्थलमै सेटिङ मिलाएर अबैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याइने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विमानस्थलमै सेटिङ मिलाएर अबैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याइने

१७ चैत्र, काठमाडौं । नेपाली महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडी मुलुकहरुमा पठाईने गरेको पाईएको छ ।

विमानस्थलमै सेटिङ मिलाएर अबैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याइने

१७ चैत्र, काठमाडौं । नेपाली महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडी मुलुकहरुमा पठाईने गरेको पाईएको छ ।

व्यबस्थापिका संसद्को अन्तराष्ट्रिय श्रम सम्बन्ध तथा मानवअधिकार समितिले गरेको अध्ययनले विमानस्थलमै सेटिङ मिलाएर अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पु¥याइने गरेको देखाएको हो । समितिअन्तर्गत गठित अनुगमन उपसमितिले खाडी मुलुकमै पुगेर गरेको अध्ययनले खाडी मुलुकमा पु¥याइएका महिलामध्ये ६० प्रतिशतभन्दा बढीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाएर पु¥याइएको देखिएको हो ।

उपसमितिले बिहीबार समितिलाई प्रतिवेदन बुझाउँदै बाँकी ४० प्रतिशत महिला भने भारत, श्रीलंका, चीनलगायतका देशको बाटो हुँदै खाडी मुलुक र्पुयाएर घरेलु कामदारमा रुपमा लगाउने गरेको जनाएको छ ।

उपसमितिले नेपाली कामदारसँग वैदेशिक रोजगारीमा जानुअघि गरिएको श्रम सम्झौताबमोजिम तलव र सुविधा नदिने गरिएको र एउटा कामका लागि भनेर लगिएकाहरुलाई अर्कै काम लगाउने गरेको पाइएको जनाएको छ । बैठकमा श्रमसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक २०७२ सम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);