केन्द्रीय सत्ता समीकरण फेरबदल उन्मुख, प्रदेशमा सरकार पुनर्गठनको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

केन्द्रीय सत्ता समीकरण फेरबदल उन्मुख, प्रदेशमा सरकार पुनर्गठनको तयारी

काठमाडौं,२३ फागुन । राष्ट्रपति निर्वाचनका लागि आठ दलिय गठबन्धन बनेसँगै केन्द्रीय सत्ता गठबन्धन पनि फेरबदल हुने भएको छ । सत्ताघटक दलहरु नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् ।
अब नेपाली कांग्रेसको नेतृत्वमा आठ दलिय गठबन्धनको सरकार बन्ने पक्का भएको छ । केन्द्रसँगै प्रदेश सरकारमा पनि परिवर्तनको तयारी सुरु भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि केन्द्रमै शक्ति बाँडफाँट गरेर प्रदेश सरकार पुनर्गठन गर्ने दलहरुको योजना रहेको छ । यहि बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिमा आठ दलिय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । पौडेललाई नौ दल र नेम्वाङलाई एमालेका मात्र समर्थन रहेको छ ।

एमालेको नेतृत्वमा भएका प्रदेश सरकारबाट आठ दलिय गठबन्धनमा रहेका दलहरुले समर्थन फिर्ता लिने रणनीति अगाडी बढाइरहेका छन् । गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा एमालेका मुुख्यमन्त्री छन् । ती प्रदेशहरुमा माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ति, जनमतले पनि समर्थन गरेका छन् । यी चारै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमत पर्छ । मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । विश्वासको मत लिन नसके सरकार ढल्छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र लुम्बिनी प्रदेशमा लिला गिरी रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);