निर्वाचन आयोगद्वारा निर्वाचन खर्चको विवरण नबुझाए कारवाही हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्वाचन आयोगद्वारा निर्वाचन खर्चको विवरण नबुझाए कारवाही हुने

election-comission

काठमाडौं,१६ पुस। निर्वाचन आयोगद्वारा निर्वाचन खर्चको विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन, अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र विवरण नबुझाए कारवाही हुने ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचनमा भाग लिएका दल तथा प्रत्यक्षतर्फका उम्मेदवारलाई खर्चको विवरण बुझाउन निर्देशन दिएको हो । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनमा गरेको खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

्रदेशसभाका ३ सय ३० र प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको दुई साताभन्दा बढी भइसकेको छ । प्रत्यक्षतर्फ प्रदेशसभाका उम्मेदवारलाई १५ लाख र प्रतिनिधिसभाका उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । अधिकांश उम्मेदवारहरुले सीमाभन्दा धेरै गुणा बढी रकम खर्च गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);