आज तराई मधेसमा होली खेलिदै | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

आज तराई मधेसमा होली खेलिदै

काठमाडौं, २३ फागुुन । तराई मधेशमा यसवर्ष पनि तीन दिन होली खेलिने भएको छ । पछिल्लो ४ वर्षयता यस्तै संयोग पर्दै आएको छ । सोमबार तराई मधेसमा बस्ने पहाडी समुदायले होली मनाएका छन्, उनीहरुसँग अन्य समुदायसमेत मिलेर सदभावको होली मनाएका छन् ।

मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन यहाँ होली खेल्ने चलन छ । सरकारले पनि तराई मधेसमा मंगलबार होलीको विदा दिएको छ । तराई मधेसमा मंगलबारलाई कडा दिनको रुपमा लिने र मांशाहारी खानेकुरा नखाने चलन छ । त्यसैले गर्दा कतिपयले बुधबार होली खेल्ने योजना बनाएका छन् । त्यसैले गर्दा गएको ३ बर्ष झै यसवर्ष पनि तराई मधेसमा तीन दिन होली पर्व मनाइने भएको हो ।

वीरगञ्जका मारवाडी समुदायमा होलिका जलाएपछि होली खेल्ने चलन छ । मारवाडी समुदायले होलिका दहन गर्दाको आगो ननिभेसम्म होली खेल्दैनन् । मंगलबार साझमात्रै होलीका दहनपछि उनिहरुले बुधबार होली मनाउछन

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);