चेल्सी इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

चेल्सी इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

3005

काठमाडौं, १६ पुस । स्टोक सिटीलाई ५–० ले पराजित गर्दै चेल्सी इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो, साउथह्यामटनसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा ।

इङ्लिस प्रिमियर लिगमा चेल्सी दोस्रो स्थानमा उक्लिएको छ ।

स्टोक सिटीलाई ५–० को फराकिलो अन्तरले पराजित गरेर चेल्सी दोस्रो स्थानमा उक्लिएको हो । चेल्सीको जितमा रुडिगर, ड्रिंक वाटर, पेड्रो, विलियन र जापाकोस्टाले एक एक गोल गरे । रुडिगरले खेलको तेस्रो मिनेटमा गोल गरेर खाता खोलेकामा ड्रिंक वाटरले नवौं तथा पेड्रोले २३ औं मिनेटमा गोल थपेका हुन् । विलियनले खेलको ७३ औं मिनेटमा पेनाल्टीमार्फत चेल्सीको खातामा गोल थपेकामा खेल सकिन २ मिनेट बाँकी छँदा जापाकोस्टाले पनि गोल गरे ।
चेल्सीले फराकिलो जित दर्ता गरेको दिन म्यानचेस्टर युनाइटेड भने साउथह्यामटनसँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीसँगै म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा ओर्लिएको छ । म्यानचेस्टर युनाइटेडको ४४ अंक छ भने उसको ठाउँ लिएको चेल्सीको समान २१ खेलबाट ४५ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ५८ अंक छ ।

इङ्लिस प्रिमियर लिग अन्र्तगत गएराति भएका अन्य खेलमा लिभरपुलले लेस्टर सिटी बर्नमाउथले एभर्टन र स्वान्सीले वाटफोर्डलाई समान २–१ गोल अन्तरले पराजित गरेका छन् । लिभरपुलले एक गोलले पछि परेको अवस्था उल्ट्याइ तीन अंक जोडेको हो ।
भर्डीले खेलको तेस्रो मिनेटमा गरेको गोलमा अग्रता लिएको लेस्टर सिटीले दोस्रो हाफमा लगातार दुई गोल खायो । लिभरपुलका लागि दुवै गोल मोहम्मद सलहले गरेका हुन् । न्युक्यासल र ब्राइटन तथा बन्र्ले र हडर्सफिल्डबीचको खेल भने गोलरहित बराबरीमा रोकिएको छ ।