आज युएईसँग नेपाल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

आज युएईसँग नेपाल भिड्दै

काठमाडौं, २२ फागुन । युएईमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत सिरिजको अन्तिम खेल आज नेपालले घरेलु टोली युएईसँग खेल्दैछ । यस सिरिजको अन्तिम खेलमा नेपालले युएईको सामना गर्न लागेको हो ।

नेपाल र दुएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा शुरु हुनेछ । पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा
हारसहित ३० अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);