हृदयघातपछि सुष्मिता भन्छिन् : मुटु बलियो राखौं | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

हृदयघातपछि सुष्मिता भन्छिन् : मुटु बलियो राखौं

एजेन्सी । ४७ वर्षीया बलिउड अभिनेत्री सुस्मिता सेनलाई हालै हृदयघात भएपछि एन्जियोप्लास्टी गर्नुपरेको थियो । तर उनी अहिले पनि फुर्तिलो देखिन्छिन्, त्यतिमात्रै होइन नियमित एक्सरसाइज पनि गरिरहेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,’आफ्नो हृदयलाई सधैं खुसी र बलियो राख्नुहोस्, किनकि तपाईंलाई सबैभन्दा बढी आवश्यक पर्दा यो तपाईंको साथमा हुनेछ।’

दैनिक दौडने र व्यायाम गर्नेको मुटु बलियो हुने विशेषज्ञहरु बताउँछन् । सुस्मिता सेन पनि आफ्नो फिटनेसलाई लिएर सधैं सचेत छिन् । यही कारण हो कि हृदयघातबाट निको भएपछि उनी फेरि उस्तै जोशका साथ फ्यानहरुका अगाडि देखा परेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);