बुटवल उद्योग होली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बुटवल उद्योग होली

काठमाडौँ, फाल्गुन २०।  बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विश्वव्यापी कोभिड, आर्थिक मन्दी र अस्थिर सरकारका कारण विकास निर्माणको काम प्रभावित भएको बताउनु भयो । बजेट निकासा नहुँदा सडक निर्माणमा समस्या भएको भन्दै उहाले अझै तत्काल नबन्ने संकेत देखिएको तर्क गर्नुभयो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले होलीमा उच्श्रंङ्खल गतिविधि र अपराधिक कृयाकलाप पनि जोडिने गरेको भन्दै त्यसविरुद्ध सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो । कार्यक्रमका अन्य वक्ताहरुले आर्थिक मन्दीले वुटबलका व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गरेका थिए ।

शनिबार संघ सचिवालय कार्यालयको प्राङगणमा होली मिलन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले होलीको समयमा आपराधिक गतिबिधि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन प्रहरी प्रशासन सहित सबैलाई आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);