१७ चैत्र, काठमाडौं । जगद्गुरु कृपालु साधना शिविर शुक्रवारदेखि काठमाडौंको सितापाइला स्थित पद्मा कोलोनीमा शुरु हुँदैछ ।
जगद्गुरु कृपालु प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको सो शिविरको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ । चैत्त १८ गतेदेखि चैत्त २४ गतेसम्म हुने सातदिने सो शिविरमा जगद्गुरु कृपालुजी महाराजद्वारा स्थापित जगद्गुरु कृपालु परिषद्का अध्यक्ष पूज्य भिएसके दीदीहरुको उपस्थितिमा भक्तियोगको कृयात्मक साधना हुने भएको छ ।
विहान ५ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने सो शिविरमा काठमाडौं उपत्यका लगायत देशभरका साधक र सत्संगीहरुको सहभागिता रहने जनाइएको छ ।