सेनाका मेजर जर्नेलमाथि कोर्ट मार्शल, दुई कर्णेलको जागिर जोगियो | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

सेनाका मेजर जर्नेलमाथि कोर्ट मार्शल, दुई कर्णेलको जागिर जोगियो

काठमाडौं । नेपाली सेनाका मेजर जनरल प्रेम शाही भ्रष्टाचारको आरोपमा दोषी ठहर भई पदमुक्त गरिएका छन् । उनलाई सैनिक अदालतले दोषी ठहर गरी पदमुक्त गरेको हो ।

नेपाली सेनाका प्रवक्ता उपरथी कृष्णप्रसाद भण्डारीले कोर्ट मार्शलले आर्थिक अनियमितताको पुष्टि गरेपछि सेवाबाट हटाइएको जानकारी दिनुभयो ।

भण्डारीमाथिको अनुसन्धानमा तानिएका कर्णेलहरु महेन्द्रजंग शाह र कुलदीप तिमिल्सेनामाथि आन्तरिक कारबाही हुने प्रवक्ता भण्डारीले बताए । सैनिक अदालत गठन भई उहाँहरु छानविनका लागि राखिनुभएको थियो ।

पुष १९ मा सैनिक अदालतको नियन्त्रणमा पर्नुभएका प्रेम शाहीलाई सैनिक अदालतले छानविन गर्दा थप दुई सैनिक अधिकृत तानिएका थिए ।

सेनापति प्रभुराम शर्माले केही दिन अघि पश्चिम नेपालको बुटवलमा आयोजित कार्यक्रममा सेनालाई आलोचित बनाउनेहरुविरुद्ध शतर्क हुनुपर्ने बताएलगत्तै उपरथी शाहीमाथि कारबाही भएको हो ।

सेवाबाट हटाइनुभएका शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका विश्वासपात्र मानिनुहुन्थ्यो । उहाँले थापाको कार्यकालमा महत्वपूर्ण निकायमा हुनुहुन्थ्यो ।

प्रेम शाही शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेकाले कारबाहीमा पर्नुभएको थियो । तर, सर्वोच्च अदालत पुगेर मुद्दा जितेर आउनुभयो । त्यसपछि उहाँलाई १९ पौषमा सैनिक अदालत गठन गरी नियन्त्रणमा राखिएको थियो । फाइल फोटो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);