राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत छैनः प्रवक्ता महत | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत छैनः प्रवक्ता महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार ७ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको बताउनु भयो ।

उहाँले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै समर्थन अझै बढ्ने सम्भवना ठूलो रहेको बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरशः पालना गर्नेकुरामा प्रतिवद्धता जनाउनुभएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);