राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको उपाध्यक्ष अर्यालको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको उपाध्यक्ष अर्यालको आरोप

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाउनुभएको छ ।

बिहीवार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको कुराकानीमा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेकपा एमालेले जुककुनै पनि विधेयक लगेपनि पास गर्ने तर अन्य पार्टीहरुले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताउनु भयो । उहाँले नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गर्नुभयो । उहाँले दुई पटक लैजाँदा समेत विधेयक पास नगर्नु पीडादायी रहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष अर्यालले राष्ट्रपतिले राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागकिरता विधेयक रोकेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले अघि बढेको आरोप लगाउनु भयो ।

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको बताउनु भयो । उहाँले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पार्टी भन्दा माथि उठेर राष्ट्रहीतलाई सर्वोच्चतामा रोखर काम गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);