काठमाडौं, १८ फागुन । नेकपा एमालेका नेताहरु नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न पुगेका छन् ।
नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ आज बिहान एसको पार्टी कार्यालय पुगेका हुन्।
उनीहरुबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको बताइएको छ । एमाले नेताहरुले नेपालसँग राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत मागेको बताइएको छ ।