काठमाडौं, १७ फागुन । हिन्दू स्वयंसेवक संघ नेपालले विभिन्न जिल्लामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गरिरहेको छ । बुधवारको रुपन्देहीको तिलोत्तमामा संस्कृति ज्ञान परीक्षा आयोजना भएको छ ।
ज्ञान परीक्षामा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो । विद्यार्थीहरुले स्थानीय संस्कृति झल्कने भेषभूषामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसअघि काठमाडौंको टुँडिखेलमा हजारौं विद्यार्थीको सहभागितामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना
संघले इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल हिन्दू राष्ट्र नै भएकोमा जोड दिने गरेको छ ।
तस्बिरहरुः एचएसएस