फाष्ट ट्रयाक नजिकै चिनियाँको यौनकाण्ड, नाबालिगलाई यसरी पार्थे जालमा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

फाष्ट ट्रयाक नजिकै चिनियाँको यौनकाण्ड, नाबालिगलाई यसरी पार्थे जालमा

माउण्टेन टेलिभिजन, १७ फागुन । राजधानीको मुटुबाट १० किलोमिटर दक्षिणमा पर्ने ललितपुरको बुङमतीस्थित एकान्त ठाउँमा एउटा उद्दोग छ । एकान्त ठाउँको उद्दोगको केही तल फाष्ट ट्रयाकको लेन पर्छ । चिनियाँहरु ठूलो संख्यामा फाष्ट ट्रयाकको निर्माणमा संलग्न छन् । हो त्यही ठाउँमा चिनियाँ नागरिक याङ लिम्पिङको प्रिफेबसम्बन्धी उद्योग सञ्चालन गर्दै यौन शोषणको गतिविधि समेत गर्दै आएको खुलेको छ ।

उद्योगको गेटमा त के कतैपनि साइनबोर्ड छैन । तर, यही उद्योगको कम्पाण्डभित्रको याङले नाबालिगहरुलाई छानी छानी यौन शोषण गर्थे । उनीहरु १३ देखि १७ को बीचमा रहेको खुलेको छ ।

नाबालिगहरुलाई याङले योजनावद्ध तरिकाले बुङमतीको एकान्त ठाउँको कम्पाण्डभित्र पु¥याएर यौन शोषण गर्दै आएको ललितपुर प्रहरीका एसपी प्रवीण पोखरेलले बताए । उनले भने, काठमाडौं बाहिरका नाबालिगकहरुलाई याङले पैसा र रमाइलो ठाउँ घुमाउने भन्दै प्रलोभनमा पारेर डाक्थे र यौन शोषण गर्थे ।

अनुसन्धानका क्रममा याङले अन्य महिलाले सहयोग गरेको खुल्दै आएको छ । एउटा मार्फत् अर्कोसँग सम्पर्क गर्दै याङले नाबालिगहरुलाई आफू बस्ने बुङमतीस्थित घर र ठमेलस्थित होटलमा समेत राख्ने गरेको प्रवक्ता पोखरेलले बताए ।

कसरी पक्राउ परे याङ
झापा उर्लाबारीकी १३ वर्षीया नाबालिग हराएपछि उनका आफन्तले खोजविन गर्दै नेपाल प्रहरीको सीआइबीसँग पुगेपछि याङको वर्षौं देखिको यौन शोषण एकपछि खुल्न थालेको छ । अनुसन्धानकर्ता प्रहरी लहरो तान्दा पहरो गर्जिन थालेपछि आश्चर्यमा पर्न थालेका छन् । सुरुमा दुई चार जना नाबालिगमात्र शोषणमा परेको ठानेको प्रहरीले पीडितको बयानका आधारमा दर्जनभन्दा बढी पीडित पत्ता लगाइसकेको छ । एकजना २५ वर्षकी महिला पनि अनुसन्धानको दायरमा रहेको प्रहरीले खुलाएको छ ।

चिनियाँ नागरिकले कोका न्यु पीउरी एण्ड म्याट्रेस कम्पनी लिमिटेड दर्ता गरी सञ्चालनमा ल्याएका छन् । त्यही कम्पाउण्डभित्र पनि उनले यौन शोषणका गतिविधि गर्दै आएका थिए । उनको यौन शोषणको अर्को स्थान भनेको नेपालको पर्यटकीय स्थल ठमेलको एक होटल पनि रहेको एसपी प्रवीण पोखरेलले बताए । याङले पीडितहरुलाई पैसा दिने, मनोरञ्जनका लागि रात्री क्लब र डिस्को लाने सम्म गर्थे । सामाजिक सञ्जालमार्फत् सम्पर्क गर्दै नाबालिगहरुलाई पासोमा पार्थे ।

नेपालमा पछिल्लो समय चिनियाँ नागरिकहरुबाट संगठित देखि यौन शोषणसम्मका घटनाहरु उजागर हुँदै गएका छन् । उनीहरु विशेषगरी साइबर अपराध, सुन तस्करी, डलर तस्करी जस्ता संगठित अपराधमा बढी संलग्न पाइएको एसपी पोखरेलले बताए । चिनियाँ आपराधिक गिरोहलाई संरक्षणमा एउटा शक्ति नै लाग्ने गरेको बुझिएको छ । उनीहरु पैसाको शक्ति देखाएर अपराधको दुनियाँ फैलाउन खोजिरहेका छन् ।

तस्बिरहरुः विक्रम शाक्य

Leave a Reply