फाष्ट ट्रयाक नजिकै चिनियाँको यौनकाण्ड, नाबालिगलाई यसरी पार्थे जालमा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फाष्ट ट्रयाक नजिकै चिनियाँको यौनकाण्ड, नाबालिगलाई यसरी पार्थे जालमा ( भिडियो रिपोर्ट )

काठमाडौँ ,फाल्गुन १८  \ माउन्टेन टेलिभिजन एचडी।  ललितपुरको बुङमतीस्थित चिनियाँ नागरिक याङ लिम्पिङको उद्योगको कम्पाण्डभित्रको घरको कहालीलाग्दो दृश्य हो यो । जहाँ नाबालिगहरु देखिन्छन् । उनीहरुलाई याङले योजनावद्ध तरिकाले बुङमतीको एकान्त ठाउँको कम्पाण्डभित्र पु¥याएर यौन शोषण गर्थे । यसमा उनलाई सुरुमा अन्य महिलाले सहयोग गरेको खुल्दै आएको छ । एउटा मार्फत् अर्कोसँग सम्पर्क गर्दै याङले नाबालिगहरुलाई आफू बस्ने बुङमतीस्थित घर र ठमेलस्थित होटलमा समेत राख्थे । उनीहरु विभिन्न प्रलोभनमा पारिएर काठमाडौं बाहिरबाट ल्याइन्थे र शोषणमा पर्थे ।

झापाकी धुलावारीकी नाबालिग हराएपछि उनका आफन्तले खोजविन गर्दै सीआइबीसँग पुगेपछि याङको वर्षौं देखिको यौन शोषण एकपछि खुल्न थालेको छ । अनुसन्धानकर्ता प्रहरी लहरो तान्दा पहरो गर्जिन थालेपछि आश्चर्यमा पर्न थालेका छन् । सुरुमा दुई चार जना नाबालिगमात्र शोषणमा परेको ठानेको प्रहरीले पीडितको बयानका आधारमा दर्जनभन्दा बढी पीडित पत्ता लगाइसकेको छ । एकजना २५ वर्षकी महिला पनि अनुसन्धानको दायरमा रहेको प्रहरीको भनाई छ ।

चिनियाँ नागरिकले कोका न्यु पीउरी एण्ड म्याट्रेस कम्पनी लिमिटेड दर्ता गरी सञ्चालनमा ल्याएका छन् । जससले प्रिफेबको उत्पादन गर्दछ । तर, उद्योगमा कुनै साइनबोर्ड छैन । भित्र प्रशस्त कुकुर पालेर बाहिरिया कसैलाई पस्न नदिने गरी व्यवस्था गरिएको छ । तर, त्यही कम्पाउण्डभित्र पनि उनले यौन शोषणका गतिविधि गर्दै आएका थिए । याङले पीडितहरुलाई पैसा दिने, मनोरञ्जनका लागि रात्री क्लब र डिस्को लाने सम्म गर्थे । सामाजिक सञ्जालमार्फत् सम्पर्क गर्दै नाबालिगहरुलाई पासोमा पार्थे ।

नेपालमा विदेशी नागरिकहरुबाट हुने आपराधिक गतिविधि बढ्दो क्रममा रहेको तथ्यांकहरुले देखाइरहेको छ । पछिल्लो समय चिनियाँ नागरिकहरुबाट संगठित देखि यौन शोषणसम्मका घटनाहरु उजागर हुँदै गएका छन् । आपराधिक गतिविधिमा लागेका विदेशीहरुको कुनै निगरानी नगरी लुसुलुसु प्रवेश दिने सरकारी गतिविधिका कारण पनि नेपालीहरु विदेशीबाट आफ्नै भूमिमा असुरक्षित हुन थालेका छन् । उनीहरु पैसाको पहुँच देखाउन देखि आफ्नै देशको जिम्मेवार निकायहरुबाट पनि संरक्षित हुने गरेको कारण नेपाली भूमिमा आपराधिक कार्य गर्न उत्साही भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);