नेतृत्वमको उपभोक्तावादी चरित्र हावीका कारण पार्टीले पराजय भोग्नुपर्‍यो | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

नेतृत्वमको उपभोक्तावादी चरित्र हावीका कारण पार्टीले पराजय भोग्नुपर्‍यो

काठमाडौंको, पुस १५ । नेपाली कांग्रेसका पुर्व सांसदहरुले नेतृत्वमा पुगेकाहरुमा उपभोक्तावादी चरित्र हावी हुदै गएका कारण पार्टीले पराजय भोग्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका पुर्व सांसदहरुले नेतृत्वमा रहेकाहरुमा पार्टीको वास्तविक चरित्र लोकतान्त्रिक संस्कृतिको कमि र उपभोक्तावादी संस्कृतिको हावी भएको दाबी गरेका हुन् । सनिबार सिंहदरबारमा भएको नेपाली कांग्रेसका पुर्व सांसदहरुको भेलामा सहभागीले पार्टी भित्र लोकतान्त्रिक संस्कृति भन्दा उपभोक्तावादी संस्कृति हावी भएकाले निर्वाचनमा नराम्रो संग पराजय व्यहोर्नुपरेको बताए । जसरी पनि पद प्राप्ती गर्ने, सत्तामा पुग्ने, सम्पत्ति आर्जन गर्ने र माथि पुगेपछि आफ्नालाई मात्रै स्थापित गर्दै लैजाने चरित्र पार्टीमा स्थापित हुदै गएमा पार्टी नै ध्वस्त हुने भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराए । सिद्धान्त र आदर्श गौण बन्दै गईरहेका बेला निर्वाचन केन्द्रीत पार्टी रणनिति पनि असफल भएको उनीहरुको टिप्पणी थियो ।

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ १ सय ६५ सिटमा जम्मा २३ सिटमा मात्रै बिजय प्राप्त गरेको छ । पहिलो संविधानसभाको निर्वाचनमा दोश्रो र दोश्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बन्न सफल नेपाली कांग्रेस अहिले तेश्रो पार्टीमा झरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);