काठमाडौं, १६ फागुन । भारतको तेलंगानाको नान्देडमा नाच्दै गर्दा एक युवकको अचानक मृत्यु भएको छ । घटना गत शनिबार को हो, जहाँ एक विवाहमा नाचिरहेका १९ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भएको थियो । हैदरावादबाट करिब २०० किलोमिटर टाढा रहेको निर्मल जिल्लाको पार्दी गाउँमा आफन्तको घरमा बिहेमा पाहुना बनेर आएका थिए ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा युवालाई आफ्नो मनपर्ने तेलुगु गीतमा नाचिरहेको देख्न सकिन्छ। ४० सेकेण्डको भिडियोमा केही समयपछि उनी नाच्दै गर्दा अचानक भुइँमा लडेको देखिन्छ । मानिसहरूले केही बुझ्नुअघि नै उनको मृत्यु भएको थियो । त्यहाँ उपस्थित मानिसहरूले उनलाई अस्पताल पुर्याए, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे। चिकित्सकका अनुसार युवकको हृदयघातका कारण मृत्यु भएको हो ।
तेलंगानामा एक हप्तामा यो चौथो घटना हो जहाँ मानिसहरूलाई अचानक हृदयघात भएर र बेहोस भएका छन् । एउटा घटनामा ट्राफिक प्रहरी जवानले सिपिआर दिएर एकजनालाई बचाए पनि दुई घटनामा दुई जनाको ज्यान गएको छ ।