डीआईजी ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

डीआईजी ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ, १६ फागुन । प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी परेको छ । उनीविरुद्ध फर्जी उमेर पेश गरेर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

ज्ञवालीको नागरिकतामा जन्ममिति र नेपाल प्रहरीको सिट रोलमा जन्ममिति फरक देखिएकाले आवश्यक अनुसन्धान गर्न माग गर्दै शेरबहादुर चन्दले आइतबार अख्तियारमा उजुरी दिएका हुन् । उनको नागरिकतामा वि.सं २०२४ चैत्र २१ गते र प्रहरीको सिट रोलमा उनको जन्ममिति वि.सं २०२५ भदौ २६ गते उल्लेख गरिएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);