टिका खतिवडा १७ चैत्र ईलाम । इलाममा बिहिबारबाट सुरु तेस्रो अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकपको उद्ध्घाटन खेलसँगै नेपाल प्रहरीले जितको सुरुवात गरेको छ । प्रहरीले आयोजक माइभ्याली फुुटवल क्लबलाई शुुन्यका विरुद्ध तीन गोल गर्दै जितको सुरुवात गरेको हो जितका लागि नेपाल प्रहरीका तर्फबाट खेलको पाँचौँ मिनेटमा जर्सी नम्वर १५ का भरत शाहले गोल गर्दै खाता खोलेका थिए भने खेलको २५ औँ मिनेटमा नेपाल प्रहरीकै जर्सी नम्वर आठका अभिषेक रिजालले अर्को गोल गर्दै नतिजालाई दोब्बर बनाएका थिए । दोस्रो हाफ पछि निकै आक्रामक शैलिमा प्रस्तुुत भएको आयोजक माइभ्यालीले निकै पटक गोल गर्ने अवसर पाए पनि सहि सदुपयोग गर्न सकेन अन्तत इन्जुुरी समयको सदुपयोग गर्दै जर्सी नम्वर दशका तेज तामाङले गौल गर्दै टीमलाई विजयी गराएका थिए ।
खेलका म्यान आफदि म्याच नेपाल प्रहरीका भरत शाह घोषित भएका थिए । लामो समय अभ्यास नभएका करण हार ब्यहोनुपरेको माइभ्याली फुटवलसंघ इलामका खेल प्रशिक्षक दर्शन भक्तराजले वताए । उनले राम्रो अवसर भए यस टिम समेत माथील्लो तहमा प्रतिष्पर्दा गर्न सक्ने पत्रकार सम्मेलनमा वताएका थिए ।
त्यस्तै मैदानमा पर्याप्त घाँस नभएका कारण निकै जोगिएर खेल्नुपरेको भए पनि जित सुनिष्चित आफुले पहिल्यै ठानेको सुमन सुवेदीले वताए । मजबुत टिमसँगको रणनीति समेत आफ्नो परक रहेको उनको धारणा रहेको छ । शुक्रबारको खेल रुपन्देही ११ बुटवल र दुुर्गापुुर स्टिल टिएसवाई कोलकत्ता भारत विच दिउशो दुुई वजे खेल हुने आयोजकले जानकारी दिएको छ ।




