चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र बहावको ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १४ सेकेण्डको ट्रेलरमा पारिवारिक कथावस्तुलाई समेटिएको छ । ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री सुरक्षा पन्तले चलचित्रले सबै किसिमले मनोरञ्जन दिलाउने बताउनु भयो ।

उहाँले चलचित्रमा पारिवारिक कथावस्तुका साथै राजनीतिक विषयवस्तुलाई पनि समावेश गरिएको बताउनु भयो । उहाँले फिल्ममा रिक्स लिएर जोडिएको बताउनु भयो । चलचित्रमा अभिनेत्री पन्तसँगै कमलमणि नेपाल, अफरन अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कँडेल, पवन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र आगामी चैत्र २४ गतेबाट देशभर प्रदर्शन हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);