काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ ।
पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले हालसम्म २३औं ओभरको खेल चलिरहँदा ३ विकेट गुमाउँदै ११८ रन बनाएको छ ।
नेपालका ओपनर आसिफ शेख ४४ रनमा आउट रन आउट हुन पुगे भने ज्ञानेन्द्र मल्ल ७ रनमा बोल्ड भए । साथै, नेपालको तेसो विकेटको रुपमा ओपनर कुशल भुर्तेल ५६ रनमा आउट भएका छन् ।