काठमाडौं, १५ फागुन । नेकपा एमालेबाट प्रतिनिधित्व गरेका ८ मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् । आज बिहान बसेको सचिवालय बैठकले समर्थनसहित सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी,कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाह,भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राइले राजीनामा बुझाइसकेका छन् ।
अब उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री बिमला राई पौड्याल,रक्षामन्त्री हरिराज उप्रेती,स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाउने तयारी रहेको स्रोतले जनाएको छ ।